अक्षयले ‘मंगलयान’मा चार अभिनेत्रीसँग रोमान्स गर्ने

लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार यतिबेला आफ्नो आगामी फिल्म ‘केसरी’को शूटिङमा व्यस्त छन् । यस फिल्मपछि उनी ठूलो लगानीमा बन्न लागेको फिल्म ‘मंगलयान’को शूटिङमा व्यस्त रहनेछन् ।

यस फिल्मसँग जोडिएर एक खबर बाहिर आएको छ कि फिल्ममा अक्षय कुमारका साथ एक होइन दुई होइन चार अभिनेत्रीले सँगै काम गर्नेछन् । यसैलाई लिएर बलिउडमा फिल्मको चर्चा व्यापक छ ।

खबरका अनुसार चार अभिनेत्रीसँग अक्षय कुमार देखिनेछन् । यस फिल्ममा अक्षय कुमारसँग पहिला विद्या बालन देखिने तयारीमा थिइन् । तर, अहिले यस फिल्ममा तापसी पन्नू र सोनाक्षी सिन्हा पनि देखिने बताइएको छ । फिल्ममा अब निम्रत कौरको पनि नाम जोडिएको छ ।

११ वर्षपछि विद्या बालनले अक्षयसँग काम गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्