एजेन्सी, १२ कात्तिक । इंडोनेशियाको एक यात्रुबाहक विमान दुर्घटना भएको छ । जकार्ताबाट उडान भरेको केही मिनेटमै विमानको एयर ट्राफिक कंट्रोलरसँग सम्पर्क टुटेको थियो । जानकारीका अनुसार यस विमान दुर्घटना भई समुद्रमा खसेको छ । विमानमा सवार सबै यात्रुको कुनै अत्तोपत्तो छैन ।
च्यानल न्यूज एशियाका अनुसार लायन एयर बोइंग ७३७ यात्री विमानमा क्रु मेम्बरसहित १८८ जना सवार थिए । बताइएअनुसार सम्पर्क टुट्नुअगावै पाइलटले विमान फर्काउने सिग्नल थिए ।
इंडोनेशियाका अधिकारीहरुले दुर्घटना भएको विमानको खोजी तथा उद्धारका लागि अपरेशन सुरु गरेको छ । लायन एयरका प्रवक्ता युसुफ लतीफले यस दुर्घटनाको पुष्टि गरेका हुन् ।