सप्ताहव्यापी सडक सरसफाई अभियान चलाउँदै भरतपुर महानगरपालिका (फोटोफिचर)

लाेकपाटी न्यूज
0 Shares

चितवन, १२ कात्तिक । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरभित्र सरसफाई गरी सफा सुग्घर बनाउनु सम्पूर्ण महानगरबासीको सामूहिक दायित्व हुने बताएकी छन् ।

सोमबार बिहान भरतपुर महानगरपालिकाको मुख्य केन्द्र भरतपुरको चौबिसकोठीमा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका फोहोरमैलारहित बनाउनुपर्ने बताउँदै फोहोरमैला व्यावस्थापनमा नगरबासीको सक्रिय सहभागिता रहनुपर्ने बताइन् । नगरबासीहरूलाई आ-आफ्नो घर, टोल, छिमेक, राजमार्ग तथा सार्वजनिक पार्कहरूलाई अभियानकै रूपमा सरसफाई गर्न आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाले सरसफाईलाई प्रभावकारी बनाउन साप्ताहिक रूपमा कार्यक्रम चलाउने बताउँदै उनले यसमा महानगरबासीको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

बिहान साढे सात बजेदेखि सुरू भएको सरसफाई कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरका प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष अरूण पीडित भण्डारी, वे गु्रप, नेपाली सेना, नेपाल प्रहरी, टोल सुधार समितिका पदाधिकारी, महानगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्