अल्बर्ट आइन्स्टाइनका १० वाणी, जसले तपाईंलाई उर्जा दिन्छ

लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । महान् वैज्ञानिक अल्बर्ट आइंस्टाइनलाई दार्शनिकको रुपमा पनि चिनिन्छ । उनले सापेक्षताको सिद्धान्त ‘Theory Of Relativity’ बाट ब्रह्माण्डको नियमलाई बुझाए । आइंस्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँलाई नै बदलिदियो ।

उनले विज्ञानका सिद्धान्तका बारेमा मात्र कुरा गरेनन्, सफलता, असफलता, कल्पना र ज्ञानका विषयमा पनि कुरा गरे ।

त्यस्ते आज हामी तपाईलाई आइंस्टाइनको १०  बाणीबारे जानकारी दिन गइरहेका छौं जसले तपाईको जीवनमा केही उर्जा दिनेछ ।

१. सफल हुन चाहनुहुन्छ भने जीवनमा प्रश्न गर्ने बानी कहिल्यै पनि नछोड्नुहोस् ।

२. हामी आफ्नो समस्याहरु त्यो हिसाबमा सुल्झाउन सक्दैनौं कि जसमा त्यो उपज छ ।

३. छिटो हुनुको पहिचान बढी ज्ञानवान् हुनु होइन, अझ यसको अर्थ कल्पना र सपना देख्ने ताकत हो ।

४. सफलताको सबैभन्दा ठूलो स्रोत अनुभव हो ।

५. जसले आफ्नो सीमा थाहा पाउँछ, उ नै अघि बढ्छ ।

६. तर्कले तपाईलाई ‘ए’ बाट ‘बी’ सम्म लैजाला तर तपाई कल्पनाको सहाराले जता पनि जान सक्नुहुन्छ ।

७. जिउने दुई वटा तरिका छन् । पहिलो यो हो कि केही पनि चमत्कार छैन र दोस्रो सबै कुरा चमत्कार हो ।

८. जब तपाईले प्रकृतिलाई नजिकबाट नियाल्नुहुन्छ, सबै कुरा राम्रो तरिकाले बुझ्न सक्नुहुन्छ ।

९. कुनै पनि एउटा चिजलाई पटकपटक गर्नु र हरेक पटक अलग परिणामको आशा गर्नु मुर्खता हो ।

१०. सबैभन्दा पहिले तपाईलाई खेलको नियम थाहा हुनुपर्छ अनिमात्र तपाई दोस्रोले भन्दा राम्रो खेल्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्