
0
Shares
काठमाडौं, १२ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको सिक्किमबाट उनीहरुलाई पक्राउ गरी ल्याइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । मुख्य सुटर अमरबहादुर राना, रोशन बुढाथोकी र लोप्साङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लोप्साङ यसअघि युवा संघका नेता दुर्गा तिवारीको हत्यामा पनि संलग्न भएका थिए ।
रोशन बुढाथोकी भने हत्याको योजनाकार भएको प्रहरीले जनाएको छ ।