नेप्सेमा दोहोरो अंकको पहिरो

Stock Market
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक । लगातार ओरोलो लाग्दै शेयर बजार सोमबार पनि दोहोरो अङ्कले घटेको छ ।

कारोबार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १४ दशमलब ४३ बिन्दुले घटेको थियो ।

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोबार रकममासमेत गिरावट आएको छ । कूल १६० कम्पनीको नौ लाख ८७ हजार ३२१ कित्ता शेयर रु. २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार बैंकिङ ८ दशमलब ६८, होटल ४८ दशमलब ७६, विकास बैंक ११ दशमलब ९६, जलविद्युत् ११ दशमलब शून्य चार, वित्त ३ दशमलब शून्य एक, निर्जीवन बीमा ७६ दशमलब ६५, उत्पादन ११ दशमलब शून्य आठ, अन्य ७ दशमलब २६, माइक्रोफाइनान्स ९ दशमलब शून्य दुई र जीवन बीमा १७ दशमलब शून्य एकले घटेको छ ।

आज रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्