लगातार चम्के एम्बाप्पे

mbappe
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वन फुटबलमा लगातार ११ औं जित निकालेको छ । आइतबार राति भएको खेलमा ओलम्पिक मार्सेलीलाई २-० ले हराएर पिएसजीले लगातार जित निकालेको हो ।

लिगमा अपराजित यात्रा कायम राख्न पिएसजीले मार्सेलीलाई उसैको मैदानमा हराएको हो । पिएसजीका लागि केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ड्राक्सलरले गोल गर्दै पिएसजीलाई २-० को जित दिलाए ।

जितसंगै लिग लिडर पिएसजीले ११ खेलबाट ३३ अंक जोडेको छ । पिएसजी दोस्रो स्थानको लिलीभन्दा ८ अंकले अघि छ । पराजित मार्सेली १९ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्