देउवाको दम्भले काङ्ग्रेस कमजोर : डा कोइराला

Shekhar Koirala
लाेकपाटी न्यूज
0 Shares

बारा, कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताएका छन् ।

काङ्ग्रेस निजगढ नगर समितिले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अब पार्टीको विधानमा नै काङ्ग्रेस सभापतिको अधिकार कटौतीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

नेता डा. कोइरालाले शक्तिकै दम्भले गर्दा काङ्ग्रेसमा गुट–उपगुट जन्मिदा कार्यकर्ता दिक्क भएकाले यसको अन्त्य गर्ने प्रयासमा आफूले लागिपरेको बताए ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा जङ्गलका रूखबिरुवा कति सङ्ख्यामा काट्ने भन्ने सम्बन्धमा सरकारका मन्त्रीहरुकै अलग धारणा बाहिर आएको बताउँदै उनले रूख कटान गर्दा क्षति कम हुनुपर्ने धारण व्यक्त गरे ।

काङ्ग्रेसका केन्द्रीय सदस्य रामचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाललगायतले काङ्ग्रेस पार्टीको सङ्गठन विस्तारका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्