महासमिति बैठकको तयारीमा जुट्यो काँग्रेस

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकले भक्तपुर काँग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौं काँग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यस्तै भक्तपुर काँग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ । आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए ।

काँग्रेस केन्द्रीय कार्यसमितिको गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सोही बमोजिम काँग्रेसले महासमितिको बैठक काठमाडौंको भृकटीमण्डपमा गर्ने निर्णय गर्दै तयारीलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्