आफै खाने र दाह्री काट्ने भए प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ओली आफै खाजा खान सक्ने र दाह्री काट्न सक्ने भएका छन् ।

केहीदिनदेखि बिरामी प्रधानमन्त्री ओली सोमबार बिहानबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको । सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री पनि काटेर बस्नु भएको छ ।’

यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री उपचाररत सेन्टरले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र छातिको एक्सरेको रिपोर्ट सकारात्मक आएको छ ।

ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातिरोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ । डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई सुरुमा मुटुको समस्या छ कि भनेर शंका गरिए पनि त्यस्तो छैन ।