सिँचाइ समस्या समाधान गर्ने यादवको प्रतिबद्धता

Rajkishor Yadhav
लाेकपाटी न्यूज
0 Shares

लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा बुधबार बिहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं ४ का प्रतिनिधिसभाका सांसदसमेत रहेका यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्ने बताए ।

आफ्नो संसदीय विकास कोषको करीब रु एक करोडको लागतमा निर्माण हुने डिपबोरिङको शिलान्यास छठलगत्तै हुने र त्यसले करीब १०० बिघा जमिनमा सिँचाइ पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्