नेपाली कृषि उपजलाई सिधा बजारसम्म पहुँच दिन कतारसँग महासंघको आग्रह

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले थोरबहुत निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढाउन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने उल्लेख गरिन् ।

राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसमक्ष कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धी एक समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । त्यसैगरी राणाले समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखिन् ।

नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक निर्यात भइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने महासंघको भनाई छ ।

उनले राणाले नेपालले कामदार पठाउने देशको रुपमा बनेको आफ्नो परिचय परिवर्तन गर्नुपर्ने बताइन् । अध्यक्ष राणाले भनिन्, ‘नेपालमा अहिले सरकारसमेत स्थिर रहेको र लक्ष्य आर्थिक समृद्धि भएकैले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिराखेका छौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्