आइपीएलको अक्सन डिसेम्बरमा हुने !

IPL Auction
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ८ मंसिर । इंडियन प्रिमियर लिग (आइपीएल)को आगामी संस्करणको अक्सन डिसेम्बर १८ मा हुने भएको छ । अक्सन जयपुरमा हुने तय भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अक्सनमा मात्र ७० खेलाडी हुने छन् ।

आगामी संस्करणक अक्सनमा ५० भारतीय खेलाडी र २० विदेशी खेलाडी सहभागी हुने बताइएको छ । तर, बिसीसीआईले आधिकारीक रुपमा अक्सन सम्बन्धी खबर भने दिएका छैनन् । अझ सन् २०१९ मा हुने आइपीएल कहाँ हुने भन्ने टुंगो लागेको छैन । भारतमा हुने वा बाहिर हुने भन्नेबीच अन्यौलता रहेको बताइएको छ ।

भारतमा आम चुनाव लागेको कारण आइपीएल भारत बाहिर हुने सम्भावना प्रबल रहेको छ । केहीले आइपीएल दक्षिण अफ्रिका हुनुपर्ने बताउँदै आएका छन् भने केहीले यूएईमा हुनुपर्ने तर्क राख्दै आएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्