काठमाडौं, १५ कात्तिक । बिहीबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैंयाले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ५९ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैंयामा खरिदबिक्री भइरहेको भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७३५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।