पीपीएल : चितवनको लगातार दोस्रो जीत

लाेकपाटी न्यूज
0 Shares

पोखरा, १५ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । यससँगै चितवनले दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । चितवनलाई दोस्रो चरणमा पुग्न आजको खेल जित्नैपर्ने थियो ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै हराएर चितवनले लगातार दोस्रो जित निकालेको हो ।

चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनायो ।

ब्याटिङतर्फ काठमाडौंका लागि गौरव तामोरले ३९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाएर पेभेलियन फर्के । पवन सर्राफले २८ रनको योगदान दिँदा जयकिशन कोल्शावालाले १८ रन बनाए।

बलिङतर्फ चितवनका लागि करण केसीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

जितसंगै चितवनले ४ खेलबाट ४ अंक जोडेको छ । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले ३ खेलबाट ४ अंक नै जोडेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्