ओलीको स्वास्थ्यबारे भ्रम छर्ने पत्रकारको खोजी तीब्र, कोको छन् सूचिमा ?

ssp-dhiraj-singh
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी योजनावद्ध रुपमा झुटो समाचार सम्प्रेषण गर्ने अनलाइनका ‘सम्पादक’को खोजीलाई प्रहरीले तीब्र बनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न पाथीभरा अनलाइन डटकमका सम्पादक हरिप्रसाद मानन्धरलाई सार्वजनिक गर्दै प्रहरीले सबै अनलाइनका सम्पादकका खोजी तीब्र बनाइएको बताएको हो ।

प्रहरीले दुई दिनअघि नै काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ निवासी पाथिभरा अनलाइनका ‘सम्पादक’ ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरिसकेको छ । उनले ओलीको स्वास्थ्यसम्बन्धि अत्यन्तै भ्रामक शीर्षक बनाएर समाचार छापेका थिए ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका ‘सम्पादक’ मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । यस्ता भ्रमपूर्ण, झुटो समाचार सम्प्रेषण नगर्न नगराउन अपराध महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे पाथिभरासहित एक दर्जन अनलाइनले योजनावद्ध रुपमा अत्यन्तै आपत्तिजनक समाचार प्रकाशन गरेको थियो । पहिलो नेपालखवर डटकम, मनसुन मिडिया नेपाल डटकम, पहिलो नेपाल खवर डटकमसहित एक दर्जन अनलाइनले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अफवाह फैलाउँदै समाचार दिएको थियो । ती सवै अनलाइनका ‘सम्पादक’ को खोजी प्रहरीले तीब्र बनाएको जनाएको छ ।

‘समाचार भन्दा बिल्कुलै अपवाह फैलाउने काम गर्नेलाई छुट हुन्न, सवैको खोजी जारी छ, कोही पनि बच्दैनन,’ महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने । उनले सबै अनलाइनका सम्पादकविरुद्ध विद्युतीय कारोवार ऐन अनुसार कार्वाही हुने बताए ।