सासंद कुर्दैमा बित्यो शिक्षामन्त्रीको एक घण्टा

Girirajmani Pokhrel
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ कात्तिक । शिक्षामन्त्री गिरिराजमणि पोखरेल बैठकमा सांसदहरु अनुपस्थित भएपछि यस्सै फर्केका छन् ।

शिक्षा तथा स्वास्थ संसदीय समिति अन्तर्गतको उपसमितिको बैठक बिहीबार बिहान सवा १० बजे बस्ने तय भएको थियो । चिकित्सा शिक्षा विधेयकका बारेमा छलफल गर्ने हेतुले बैठक बोलाइएको थियो । तर, बैठक हुने समयको एक घण्टापछि सम्म पनि मन्त्री पोखरेलले सांसदहरुलाई कुरिरहे । कोही नआएपछि अन्नतः मन्त्री पोखरेल फर्के ।

बुधबार बसेको फुल बैठकले बिहीबार उपसमितिको बैठक बस्ने निर्णय गरेको थियो । उपसमितिमा रहेका ११ जनामध्ये बुधबार जम्मा पाँच सदस्य मात्र सहभागी भएका थिए । तर, आज बुधबार उपस्थित भएका मध्ये बिखगराज अधिकारी र एकवाल मियाँ मात्रै उपस्थित भए ।

बुधबारको बैठक पेचिलो बनेको थियो । बैठकमा सत्तारुढ दलकै सांसदहरुले चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनका आधारमा मात्रै किन हुनु पर्ने ? भन्दै प्रश्न उठाएका थिए ।

समितिकी सभापति जयपुरी घर्तीका अनुसार सांसदहरु नआएपछि बैठकका लागि कोरम नपुगेको हो ।

सांसदहरु अञ्जना विंशेखे, भैरवबहादुर सिंह, योगेश कुमार भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगन कुमार थापा र चित्रलेखा यादव बैठकमा उपस्थित भएका थिएनन् । समिति कार्यालय स्रोतका अनुसार बुधबार नै खबर गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्