किन डिस्चार्ज भएनन् प्रधानमन्त्री ओली ?

KP Sharma Oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली तत्काल डिस्चार्ज नहुने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने बताएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गाैला रोग विशेषज्ञ डा दिव्या सिंहले रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधीको मात्रा नपुगेकाले अझै केहि दिन अस्पतालमा नै राख्नु पर्ने बताइन ।

‘अहिले नै काममा फर्कने गरि स्वास्थ्य अवस्था तयार भएको छैन, केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकाले प्रधानमन्त्री केहि दिन अस्पतालमा नै बस्नु हुनेछ’, डा सिंहले भनिन् ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।

बुधबारबाट प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा चिकित्कसहरुले बताएका छन् । प्रधानमन्त्री ओली उपचार कक्षमा सामान्य हिंडडुल गर्न र खाना आफैले खान थालेका छन्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्