किस्पाङ-काठमाडौं संघीय जनसम्पर्क मञ्चको चियापान सम्पन्न

Kispang chiyapan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ कात्तिक । किस्पाङ-काठमाडौं संघीय जनसम्पर्क मञ्च नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशै, तिहार, नेपाल सम्वत तथा छठको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जनसम्पर्क मञ्चले आइतबार राजधानीको बालाजुमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य बिमला सुेदीको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै पूर्व माननीय राम माया बोगटी ३ नं. प्रदेश सभा सदस्य माननीय हिरानाथ खतिवडा, माननीय आशा माया तामाङ, नुवाकोट जिल्ला पार्टी अध्यक्ष पुष्प लामिछाने, सम्पर्क मञ्चका अध्यक्ष किरण रिजाल, पुरुषोत्तम प्याकुरेल लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्