काठमाडौं, १९ कात्तिक । तिहारका बेला काठमाडौंमा राति देउसीभैलो खेल्न नपाइने भएको छ ।
महानगरीय प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालयलय राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार तोकिएको समयभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिनेछ ।
प्रशासन र प्रहरीले देउसी भैलो खेल्ने बहानामा आपराधिक घटना हुन सक्ने भन्दै समय तोकेका हुन् । साथै प्रहरीले विस्फोटक पदार्थ पटकाहरु पनि पड्काउन नपाउने जानकारी गराएको छ ।
त्यस्तै तिहारमा रुपन्देहीमा ९ बजेपछि देउसी भैलो खेल्न पाइनेछैन ।