काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले तुलसीलाई मान्छन् । धार्मिक दृष्टिकोणले तुलसी निकै महत्वपूर्ण मानिन्छ । हिन्दु धर्मावलम्बीहरुले तुलसीको पूजा समेत गर्छन् । तर, तुलसी धार्मिक कामका लागि मात्र प्रयोग हुँदैन । यो मानव स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी छ । यसमा औषधिको गुण हुने भएकाले यसको सेवनले विभिन्न रोगबाट बच्न सकिन्छ ।
यस्ता छन् तुलसी सेवनका फाइदा :
तुलसीको सेवनले ज्वरो जस्तो रोगलाई शरीरमा भित्रिन दिँदैन । मलेरिया तथा निमोनिया ज्वरोमा तीन दाना मरिच र तुलसी मिसाएर पानी पिएमा फाइदा हुन्छ ।
दिनहुँ तुलसी सेवनले निमोनिया लाग्नबाट बचाउँनुका साथै चिसोको बेला कफ निकाल्न सहयोग गर्छ ।
तुलसी सेवनले छातीको दुखाई पनि कम गराउन सहयोग गर्छ ।
बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु मुटु रोग भएका मानिसहरुका लागि राम्रो मानिन्छ ।
तुलसीले घाउ खटिरा आउँदा राम्रो काम गर्छ । घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा छिट्टै निको हुन्छ ।
मुखको दुर्गन्ध हटाउन तुलसीले सहयोग गर्छ । हरेक दिन बिहान तुलसीको पात खाएमा मुखको दुर्गन्ध हटाउँछ ।
तुलसीको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा भगाउन सहयोग गर्छ । जसका लागि तपाईले तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर पिउनुपर्ने हुन्छ ।