पोखरा, २० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा मंगलबार पोखरामा आयोजित समुदायमा प्रहरी साझेदारीसम्बन्धी अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले निष्ठा र इमान्दारीका साथ शान्तिसुरक्षा कायम गर्न दत्तचित भएर काम गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै घटनाको न्यूनीकरणमा जोड दिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जनप्रतिनिधि र प्रहरीको सहकार्यमा शान्तिसुरक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।