डा. महतको प्रश्न : ओलीको गफले समृद्धि आउँछ ?

Prakashsharan Mahat
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढि गफ गरिरहेको आरोप लगाए । उनले भने, ‘गफ गरेर समृद्धि आउँछ ? समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं ।’

वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले सरकारलाई असफलताको संज्ञा दिए । उनले भने, ‘ओली सरकारले दुई तिहाईको महत्व बुझ्न सकेन । सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन् ।’

उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए । उनले भने, ‘कांग्रेसले काम गरेर जनताको मन जित्छ । समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्