सामान्यतयाः केरा पाकेपछि खाइन्छ । पाकेको पहेँलो केरालाई शरीरलाई फाइदा गर्छ । तर, काँचै केराले पनि मानव स्वास्थ्यलाई फाइदा गर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । त्यस्तै आज हामी तपाईलाई काँचो केराको फाइदाबारे जानकारी दिन गइरहेका छौं ।
काँचो केरामा अधिक मात्रामा पोटाशियम हुने भएकाले शरीरमा रोगसँग लड्नसक्ने क्षमताको विकास गर्छ ।
नियमित रुपमा काँचो केरा सेवन गर्नाले यसमा भएको फाइबरले शरीरको वजन कम गराउन सहयोग गर्छ ।
यसमा भिटामिमन बी ६, भिटामिन ‘सी’ हुन्छ जसले शरीरलाई दिनभर फूर्तिलो राख्न मदत गर्छ ।
काँचो केराको सेवनले पेटसम्बन्धी समस्याबाट टाढा राख्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।
काँचो केराको सेवनले यसमा भएको पोषक तत्वले समय समयमा भोक लाग्ने समस्याबाट छुटकारा गराउँछ ।
यसको सेवनले मधुमेहको रोगीलाई फाइदा गर्छ ।
नियमित रुपमा काँचो केराको सेवनले शरीरमा पाचन क्रियालाई थप मजबुत बनाउँछ ।