
काठमाडौं, २ मंसिर । आइतबार सुनको भाउमा रु. तीन सयले बढेको छ भने चाँदीको भाउ पनि तोलामा रु. दसले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजार ४ सयमा किनबेच भइरहेको छ ।
चाँदी प्रतितोला रु. ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।