‘ए’ डिभिजन लिग : एपीएफद्वारा फ्रेन्ड्स पराजित

Football
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । सशस्त्र प्रहरीको एपीएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जीत निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो जीत दर्ता गरेको हो । एपिएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपीएफलाई महत्वपूर्ण जीत दिलाए ।

फ्रेन्ड्सले पनि केही गोलका अवसर गुमाएको थियो । खेलमा ‘म्यान अफ दि म्याच’ एपिएफका प्रविन नै चुनिदै रु १० हजार प्राप्त गरे । जीतसँगै एपीएफले २ खेलबाट चार अङ्क जोडेको छ । एपीएफले पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स थ्री स्टारसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्