
काठमाडौं, ५ मंसिर । बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजारमा किनबेच भइरहेको छ ।
चाँदी आज तोलाको रु. ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।