ट्याङ्कर दुर्घटनामा छ जनाको मृत्यु

Tanker accident
लाेकपाटी न्यूज
0 Shares

हनोइ, ६ मंसिर । भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

आगलागीका कारण अरु दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ४ बजे दुर्घटनाग्रस्त पेट्रोल ट्याङ्कर सडकपेटीमा पल्टिएको र त्यसक्रममा बिजुलीको पोल ढलेको थियो ।

सडकपेटीमा पल्टिएको ट्याङ्करबाट पोखिएको तेलमा आगो सल्किएको र त्यसबाट सडक छेउछाउका १६ वटा घरमा आगो लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । अग्नि नियन्त्रकहरुको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रान्तीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्