प्रचण्डमाथि खुकुरी प्रहारको हल्ला नियोजित, भ्रामक समाचार लेख्नेहरु निगरानीमा

Prachanda_chitwan_chiyapan
लाेकपाटी न्यूज
0 Shares

चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ ।

गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो ।

प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम गर्न, भ्रम छर्न र कुप्रचार गर्न यसप्रकारको हल्ला फैलाइएको प्रतिक्रिया दिए ।

“आलोचना गर्न केही नपाएर अब यस्तो कुप्रचार पनि गर्न थाले । उनले भने, “जिल्लाका सबै सुरक्षा प्रमुख सँगै भएको अवस्थामा कहाँ कसले कसरी त्यस्तो गर्यो भन्ने कुनै प्रमाण नभइकन यो दुष्प्रचार गरिएको मात्रै हो ।”

महराले पछिल्लो समयमा अध्यक्षमाथि बिभिन्न कोणबाट अनर्गल प्रचार भएकोमा आपत्ती व्यक्त गर्दै भने, “कुनै प्रमाण बिना, कुनै तथ्यमा नटेकिकन गरिएका यस्ता प्रचार समाजलाई आतंकित पार्न खोज्ने तत्वको षडयन्त्र मात्रै हो । यस्तामाथि कार्वाही गर्नुपर्छ कि पर्दैन ?” अध्यक्ष महराले संवेदनशील विषयमा सत्यतथ्य बुझेर मात्रै समाजमा सूचना सुसुचित गर्न समेत अनुरोध गरे ।

अध्यक्ष प्रचण्ड दुई दिने भ्रमणमा गृह जिल्ला चितवन पुगेका थिए । चितवनमा उनले स्थानीय संघसंस्थाले आयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए ।

अध्यक्ष प्रचण्ड आजै चितवनबाट स्थायी समितिको बैठकमा भाग लिन काठमाडौं फर्किसकेका छन् ।

चितवनमा अत्यधिक मतले विजयी प्रचण्डका बारेमा सामाजिक सञ्जालमा कसले यस्तो हल्ला फैलायो भन्ने कुराको खोजि भइरहेको सुरक्षा श्रोतले जनाएको छ ।

“जथाभावी कुप्रचार गर्नेको खोजी अनुसन्धान शुरु गरेका छौं ।” सुरक्षा श्रोतले भन्यो, “भ्रम छरेर कसैलाई बदनाम गर्न खोज्ने तत्वहरुमाथि कडा कार्वाही हुन्छ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्