काठमाडौं, ८ मंसिर । राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै भिख मागेका छन् ।
शनिबार केही संख्यामा भेला भएका युवाहरुले हातमा भाँडो लिएर भिख मागेका हुन् । उनीहरुले ‘एक-एक जोड, १८ करोड’, ‘हिजोसम्म हामी दिने थियौं, आज माग्ने भयौं’ लेखेका प्लेकार्ड बोकेर भिख मागेका छन् ।
उनीहरुले राष्ट्रपतिको विलासितालाई व्यङ्ग्य गरेका छन् । १८ करोड खर्च गरेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्ने निर्णय गरेपछि त्यसको विरोधस्वरुप युवाहरु पशुपतिमा जम्मा भएका हुन् ।
भिख माग्न बसेका एक युवाले उठेको पैसाले खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए । सरकार ढुकुटी सकेर राष्ट्रपतिलाई महंगो गाडी किनिदिने नेपालको हैसियत नभएको उनीहरुको भनाइ छ ।
तस्वीर : अर्जुन खड्काको फेसबुक वालबाट