दुर्घटनामा १५ को मृत्यु

Accident in Karnatak
लाेकपाटी न्यूज
0 Shares

नयाँदिल्ली, ८ मंसिर । भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेको थियो ।

ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ । केही घाइतेकोको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्