काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव राखेको पेश भएको छ ।
बैठकमा विधान मस्यौदा समितिले केन्द्रीय सदस्यको संख्या बढाएर १ सय ४१ पुर्याउने प्रस्ताव पेश गरेको हो । नेपाली काँग्रेसमा हाल ८५ केन्द्रीय सदस्य रहेका छन् ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिको प्रतिवेदन बैठकमा पेश गरेका हुन् ।
आइतबारबाट सुरु भएको बैठकमा समितिले तयार पारेको विधान अध्ययनका सबै काँग्रेस केन्द्रीय सदस्यहरुलाई वितरणसमेत गरिएको छ ।
यही मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काँग्रेस महासमितिको बैठक बस्ने जनाइएको छ ।