काठमाडौं– नेतृत्व फेरिएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको छ ।
बहुमतको निर्णयको आधारमा महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक तोकिएसँगै पार्टीमा विवाद चुलिएको हो । सरकारलाई दिएको समर्थनका बारेमा पनि राजपाभित्र फरक मत छ ।
यसैबीच राजपा नेपालले सोमबार अध्यक्ष मण्डलको बैठक बोलाएको छ । सरकारसँग वार्ता र अगामी महाधिवेशनको विषयमा छलफल गर्नका बैठक बोलाइएको हो । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यता, महन्थ ठाकुर पक्षीय एक नेताका अनुसार आजै बिहान ११ बजे केन्द्रीय सदस्य तथा अन्य नेताहरुको बैठक बोलाइएको छ । बैठक बिजुली बजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा बस्ने जनाइएको छ ।