काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निराश बनाउनु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको बताएका छन् ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘जनतालाई निराश बनाउने काेशिस गरिएकाे छ । जनतालाई निराश बनाउने गरी प्रचार गरिएकाे छ । यसले कसरी देशकाे विकास हुन सक्छ ?’
उनले सरकारको विरोध गर्ने नाममा हामीले आफ्नै सन्ततिको भविष्यमाथि नै बञ्चरो हानिरहेको उल्लेख गरे ।