
काठमाडौं, १२ मंसिर । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा चार सयले घटेर रु. ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५७ हजार ३ सयमा किनबेच भइरहेको छ ।
चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेर रु. सात सयमा कारोबार भइरहेको छ ।