एजेन्सी । बलिउडमा ‘मी टू’ अभियानले चर्चा पाएको छ । अभियानसँगै कलाकारका यौन दूर्व्यवहारका घटनाहरु बाहिर आएका छन् । मी टू आरोपमा नाना पाटेकर, संस्कारी आलोक नाथ, विकास बहल र कैलाश खेरसमेत मुछिएका छन् । यसबाहेक सुभाष घई, पियूष मिश्रा र निर्देशक साजिद खान पनि फसेका छन् । त्यस्तै केही दिनअघि तनुश्री दत्ताले नाना पाटेकरलाई यौन दूर्व्यवहार गरेको आरोप लगाइन् । तनुश्रीले १० वर्षअघि फिल्म ‘हर्न ओके प्लिज’को शूटिङमा नाना पाटेकरले यौन दूर्व्यवहार गरेको आरोप ‘मी टू’मार्फत लगाइन् । यस मामिलाले नाना पाटेकरलाई अफ्ट्यारोमा पारेको छ ।
Tanushree Dutta harassment complaint against Nana Patekar matter: Mumbai Police has summoned actor Daisy Shah to record her statement. Shah was the assistant choreographer in 2008 when the song of the movie ‘Horn Ok Please’ was being recorded’
— ANI (@ANI) November 27, 2018
केही दिनअघिसम्म पनि मामिला शान्त थियो तर अहिले गर्माएको छ । रिपोर्ट्सका अनुसार चाँडै नै मुम्बई प्रहरीले यस मामिलामा अभिनेत्री डेजी शाहसँग सोधपुछ गर्ने तयारी गरेको छ । हालै एएनआईले यसमाथि ट्वीट नै गरेको छ । एएनआईको ट्वीटअनुसार, ‘तनुश्री दत्ता-नाना पाटेकर यौन दूर्व्यवहार मामिला : मुम्बई प्रहरीले डेजी शाहलाई आफ्नो बयान दिन भनेको छ । डेजी शाह सन् २००८ मा हर्न ओके प्लिज फिल्मको सेटमा असिस्टेन्टको रुपमा थिइन् ।’
घटनाले कुन मोड लिने हो त्यो डेजी शाहको बयानपछि मात्र थाहा हुनेछ ।