आज पनि घट्यो सुनको भाउ

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ मंसिर । लगातार ओरालो लागेको सुनचाँदीको बजार बिहीबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा रु. सयले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५७ हजार २ सयमा किनबेच भइरहेको छ ।

चाँदी भने तोलामा रु. ५ ले बढेर ७०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्