निर्मला पन्त प्रकरण : काठमाडौंबाट समातिए शंकास्पद युवक

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा काठमाडौंबाट एक जनालाई पक्राउ गरिएको छ । काठमाडौंबाट कञ्चनपुरका २२ वर्षीय एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार पक्राउ गरेको बताइएको छ । यद्यपी प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेका व्यक्ति निर्मलाको घटना भएलगत्तै भारत गएको परिवारका सदस्यले बताउँदै आएका थिए । पक्राउ परेका युवकको पनि डिएनए परीक्षणका लागि प्रयोगशाला पठाइसकेको प्रहरीको स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डिएनए रिपोर्ट नआएसम्म उनी हिरासतमै बस्नुपर्ने हुन्छ । उनी यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको र उनको भूमिका शंकास्पद रहेको बताइएको छ ।

गत साउन १० गते होमवर्क गर्न भनि घरबाट निस्किएकी १४ वर्षीया बालिका निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन् । प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्