घलेम्दी हाइड्रोले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै

IPO
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ मंसिर । घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ५५ हजार ७७० कित्ता शेयर आइपीओ बिक्री गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ । स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता शेयरसमेत थपेर कम्पनीले सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न लागेको हो ।

यसअघि घलेम्दीले असार २२ देखि साउन २२ गतेसम्म स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो तर सबै कित्ता शेयरमा आवेदन परेन । जसमा ९४ हजार २३० कित्तामा मात्र आवेदन परेको कम्पनीले जनाएको छ ।

घलेम्दीको बिक्री प्रबन्धकको जिम्मा भिबोर क्यापिटलले पाएको छ । कम्पनीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्