– डा. निमानन्द रिजाल
… bank, is pleased to offer you fixed deposit interest rate 13% p.a. (per annum) on monthly interest for 1-2 years. Please hurry, this offer is for limited time only. एकबिहानै मोबाइलमा म्यासेज आउछ, ‘तपाईंले मुद्धति खातामा १ देखि २ वर्षसम्म राख्नुभयो भने १३ प्रतिशत ब्याज पाउनु हुन्छ । यो अफर छोटो अवधिका लागि हो, छिटो गर्नुस् ।’ के साँचो हो ? एकछिन मेरो मन कोक्कायो, किनकि समान्य अर्थतन्त्रको विद्यार्थीलाई यसले पिरल्ने गर्दछ । देशलाइ आत्मनिर्भर बनाउने, उद्योगहरुको विकास गर्ने, निर्यातमूखी अर्थतन्त्रको विकास गर्ने ध्येय भएको देशमा यस्तो ब्याज दरले के गर्छ होला ? साधारण मानिसहरुले समेत बुझ्नसक्ने कुरा हो ।
बजारको प्रतिफलका लागि जोखिम उठाउनु पर्दछ । यो उत्पादनको समस्या, दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको अभाव, गुणस्तर सामान उत्पादन हुन कठिन, विदेशी सामानहरुको बजारमा बिगबिगी, बजारको स्थान लिन समस्या लगायतका विषयसँग सम्बन्धित छ । यी समस्यासँग जुधेर मुस्किलले औसत १५ प्रतिशतका लागि जोखिम उठाउनु पर्दछ । तर, १३ प्रतिशत जोखिम बिना नै घरमा आउने भयो । के अब लगानीमा मानिसहरु आर्कषित हुन्छन् । यो त बैंकहरुले नै जान्नुपर्ने हो । यसले उत्पादनमा के असर गर्दछ ? त्यसको लेखाजोखा हुन आवश्यक छ ?
के यो नारा ‘समृद्ध नेपाल सुखी नेपाली’सँग मेल खान्छ ? खाँदैन भने यस्तो नीतिलाई कार्यान्वयनमा ल्याउने काम नभएको हुन सक्छ । ब्यक्तिगत रुपमा यसले केही मानिसहरु दिनभर कामै नगरी पैसा कमाउन सक्ने भए होलान् । किनकि, बैंकले ब्याज खुरुखुरु खातामा राखीदिन्छ । तर, आम मानिसमा यसले निकै नकारात्मक असर गरेको हुन्छ ।
ब्याजदर र उत्पादनमा लगानीको सम्बन्घ
लगानी भनेको कुनै वस्तु मनिसहरुको आवश्यकता परिपूर्तिका लागि बजारमा बेचिने वस्तुहरुको उत्पादनका लागि गरिन्छ । यो सानो सियोको उत्पादनदेखि ठूल–ठूला वस्तुहरुको उत्पादन समेतमा लागू हुन्छ । ‘आर्थिक विकासका लागि लगानीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ भने देशहरु आर्थिक समस्या समाधानका लागि लगानीमा महत्व दिएका हुन्छन् । यसले बेराजगारी र गरिबी न्यूनीकरण गर्दछ ।’ (D.Ojima and M.E. Fabian, 2015) धेरेजसो अर्थशास्त्रका किताबहरुमा लगानीको अर्थ आउने दिनहरुमा राम्रो नाफा दिन सकुन् भनेर सम्पत्ति आर्जन गर्नु हो ।
ब्याजदर लगानी गर्ने अन्य अवयवहरुमध्ये एक हो । किनकि, बैंकमा लिएको ऋण तिर्न सक्ने क्षमता लगानीले दिनुपर्दछ । यो एउटा अनिवार्य सर्त हो । बैंकले आफूले दिने ब्याजदरभन्दा कम दरमा लगानी गर्न सक्दैनन् । १३ प्रतिशत ब्याज दिने बैंकले न्यूनतम् १६ प्रतिशतदेखि माथि नै ब्याजदरमा लगानी गर्नुपर्ने हुन्छ । बजारबाट उत्पादन र बजारको खतरा मोल्दै १६ प्रतिशत ब्याज तिर्ने क्षमता व्यक्तिहरुमा कमै मात्र होला । यसले ऋण लिने किसान, उद्योगपति वा अरु जोसुकै पनि आत्महत्याको अवस्थामा पुग्दछन् । सन् २००६ मा भारत सरकारले दुईवटा ठूलो माइक्रो फाइनान्स संस्थालाई एउटा बनायो । यो माइक्रो फाइनान्स संस्थाले दिएको ऋण र ब्याज तिर्न नसकेर ६० जनाले आत्महत्या गरेका थिए ।
यस्तै उच्च ब्याजदरले सेयर बजारमा पनि नकरात्मक असर गरिरहेको हुन्छ । सन् २००९ मा जोर्डनमा एक अध्ययन गरिएको थियो । उक्त अध्ययनले ब्याजदरले सेयर बजारमा असर गरेको पाइएको छ । नेपालमा पनि उच्च ब्याजदरले सेयर बजारलाई असर गर्दछ र गरिरहेको छ । उच्च ब्याजदरले बैंकहरुले बाहिर मार्केटमा खेलिरहेको पैसालाई बैंकमा जम्मा गर्न सक्छन्, पैसा बैंकमा आउँछ । तर लगानीमा मन्दी आउँछ र अर्थतन्त्रलाई सुसुप्त बनाउँछ ।
उच्च ब्याजदरले अर्थतन्त्रमा निम्न असर गर्दछ :