ललितपुरले चितवनलाई दियो १४४ रनको लक्ष्य

Lalitpur team
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आइतबार भइरहेको खेलमा ललितपुरले चितवनलाई १४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनायो । ललितपुरका लागि सोनु तामाङले अनआउट ३५ रनको योगदान दिए भने सन्दीप जोराले नटआउट २५ रन बनाए ।

गौरव तामोरले ३० रन बनाउँदा जयकिशन कोल्शावालाले २० रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमै पेभेलिनय फर्के भने सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट हात पारे ।

ललितपुर शनिबार भएको पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्