काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका छन् ।
केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका हुन् ।
अध्यक्ष प्रचण्डको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य सन्तुलित राख्न उनले नियमित व्यायाम गर्दै आएका छन् । राजधानीमा रहँदा उनी प्रत्येक बिहान टेबुल टेनिस खेल्ने गर्दछन् ।
त्यसैगरि उपत्यका बाहिर रहेको समयमा उनी प्रायः मर्निङवाकमा निस्कन्छन् । नेपाली राजनीतिका समकालीन नेताहरुमध्ये प्रचण्ड सबैभन्दा स्वस्थ र गतिशील नेता मानिन्छन् ।
आइतबार पनि प्रचण्ड नियमित स्वास्थ्य परीक्षणकै लागि अस्पतालमा पुगेका हुन् । सामान्य सुगर र प्रेसरको समस्या भएपनि प्रचण्डमा खास ठूलो स्वास्थ्य समस्या छैन । स्वास्थ्य परीक्षण गराएर अध्यक्ष प्रचण्ड आइतबार नै निवास फर्किएका छन् ।