
पोखरा । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारा पौडेल एक लाख घुससहित पक्राउ परेका छन् ।
पौडेललाई आइतबार साँझ पोखराबाट पक्राउ गरिएको हो । अख्तियारको पोखरा क्षेत्रीय टोलीले डा. पौडेललाई पक्राउ गरेको हो ।
डा. पौडेल आफ्नै कार्यकक्षबाट पक्राउ परेको स्थानीय दुर्गाप्रसाद कंडेलले जानकारी दिए । पौडेलका बारेमा थप विवरण आउन बाँकी छ ।