दाम्लोमा बाँधिएका मित्रहाङले उपचार पाए

Mitrahang
लाेकपाटी न्यूज
0 Shares

पाँचथर, १७ मंसिर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवा पाँच वर्षीय बालक मित्रहाङ २ वर्ष दाम्लोमा बाँधिएको खबरले केही दिनअघि चर्चा र चासो दुवै पायो । मानिसहरुले उनलाई लिएर विभिन्न टिकाटिप्पणी गरे । उनको बारेमा सञ्चारमाध्यमहरुले लगातार समाचार प्रकाशन तथा प्रसारण गरेपछि उनको उद्धार भएको छ । उनको लागि विभिन्न संघसंस्थाबाट सहयोग रकम जुटेपछि उनको हजुरआमा खुशी छिन् ।

स्रोतका अनुसार उनको अहिले बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचारका लागि मिक्लाजुङ गाउँपालिकाले पनि २० हजार रुपैयाँ सहयोग गरेको छ ।

बालकलाई हेरचाह गर्ने मानिस नभएपछि दाम्लोमा बाँधेर काम गर्न जानुपरेको हजुरआमाको भनाइ थियो । उनको मानसिक सन्तुलनमा समस्या आएको हजुरबाले बताए ।

मित्रहाङले उपचार पाएपछि हजुरबा र हजुरआमा ठीक होला भन्ने आशमा छन् । बालक चिच्याउने तर बोल्न नसक्ने अवस्थामा छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्