काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३० नोभेम्बरदेखि १ डिसेम्बरसम्म जी-२० सम्मेलनमा भाग लिन अर्जेन्टिना भ्रमणमा थिए । सोही क्रममा उनले संसारभरका ठूला नेताहरुलाई भेटे । सम्मेलनकै क्रममा मोदीको भेट फिफा अध्यक्ष जियानी इन्फाटिनोसँग पनि भयो । फिफा अध्यक्ष इन्फाटिनोले मोदीलाई निलो रङको फुटबल जर्सी उपहार दिए । जसको पछाडि जी-२० र मोदी लेखिएको थियो ।
मोदीले इन्फाटिनोसँगै खिचिएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा अपलोड गरेका छन् । उनले लेखेका छन्, ‘अर्जेन्टिना आएर फुटबलको बारेमा नसोच्नु असम्भव हो । अर्जेन्टिनाका फुटबलर्स भारतमा निकै लोकप्रिय छन् । जर्सी उपहार दिएकोमा फिफा अध्यक्ष जियानी इन्फाटिनोलाई धन्यवाद ।’
भेटमा मोदी र जियानीले फुटबल र फिलोसोफी, कला, संगीत तथा अन्य विषयमा कुराकानी भएको थियो ।
Impossible to come to Argentina and not think about football. Argentinian players are tremendously popular in India.
Today, received this jersey from @FIFAcom President Gianni Infantino. I thank him for the kind gesture. pic.twitter.com/6IszG7fyFC
— Narendra Modi (@narendramodi) December 1, 2018