
काठमाडौं, १८ मंसिर । मंगलबार सुनचाँदीको भाउ तोलामा ९ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु.५८ हजार ३ सयले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजारमा किनबेच भइरहेको छ ।
चाँदी पनि तोलामा रु. १० ले वृद्धि भएको छ । चाँदी आज तोलाको रु. ७१० ले कारोबार भइरहेको महासंघले जनाएको छ ।