काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्या देवी भण्डारी र पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडाबी बुधबार भेटवार्ता भएको छ । पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले डुडासँग भेटवार्ता गरेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल र पोल्याण्डबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा कुराकानी भएको छ । भेटका क्रममा जलवायु परिवर्तन, गरिब तथा न्युन कार्बन उत्सर्जन गर्न मुलुकमा परेको असरबारे राष्ट्रपति भण्डारीले चर्चा गरेकी थिइन् । प्रविधि, विकास , ज्ञान र श्रोत सम्पन्न मुलुकबाट जलवायु परिवर्तनको सामना गर्ने उपायबारे सहयोगको आवश्यकता रहने राष्ट्रपतिले बताइन् ।
जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा सहभागी हुन पोल्याण्ड गएकी राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटवार्ता गरेकी छन् ।