काठमाडौं, १९ मंसिर । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।
‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाउनुभयो, सबै गीत त्यति नै उचाइका छन् ।
विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उहाँले आफ्नो साङ्गीतिक यात्र शुरु गरेका थिए । सबैभन्दा पहिला उहाँले साथी माणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए । पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।
आउनुस् स्वरसम्राट नारायण गोपालका केही तस्वीर हेरौं :
तस्वीर सौजन्य : नारायणगोपाल संगीत कोष