प्रिमियर लिगबारे के भन्छन् नेयमार ?

Neymar02
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ मंसिर । पिएसजी तथा ब्राजिलियन स्टार नेयमारले प्रिमियर लिगबारे प्रतिक्रिया दिएका छन् । नेयमारले आफूले कुनै दिन प्रिमियर लिगबाट खेल्ने चाहना बताएका छन् । उनले भनेका छन्, ‘प्रिमियर लिग विश्वकै ठुलो प्रतिस्पर्धा हो । यो एउटा कठिन लिग हो ।’

उनले प्रिमियर लिगमा खेल्ने हरेक खेलाडीको चाहना हुने उल्लेख गर्दै भनेका छन्, ‘मलाई थाहा छैन भोलिको दिनमा के कसरी अवसरहरु आउनेछन् ।’

नेयमारले बार्सिलोनाका उत्कृष्ट खेले भने चर्चा पनि उत्तिकै कमाउन सफल भएका थिए । म्यानचेस्टर सिटीमा जाने हल्ला चलिरहँदा उनी पिएसजीसँग जोडिएका थिए । पछिल्लो समय उनी पिएसजीमा खासै खुशी नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्