श्रृखला टप १२ मा, जित्ने सम्भावना कति ?

shrinkhala_khatiwada
लाेकपाटी न्यूज
0 Shares

२२ मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् ।

मिसवर्ल्ड फाइनल चीनमा जारी छ । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् ।

टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।

नेपालबाट धेरै सुन्दरीहरुले विश्व सुन्दरी प्रतियोगितामा भाग लिए । तर सवै पहिलो वा दोस्रो राउन्डबाटै बाहिरिए । तर शंखला फाइनल राउन्डमा पुगेपछि नेपालबाट पहिलो विश्व सुन्दरी हुन शुभकामना दिइरहेका छन् । शंखला विश्व सुन्दरी नभएपनि प्रतियोगिताको एउटा उपाधि ब्युटी विथ पर्पोज जितिसकेकी छिन् ।

यसअघि भारतकी मानुषी छिल्लर विश्व सुन्दरी भएकी थिइन । उनले आज छानिने विश्व सुन्दरीको ताज पहिराउने छिन् । त्यही ताज लिएर शंखला नेपाल आउने आशा धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्